थपिए कोरोना संक्रमित - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

थपिए कोरोना संक्रमित



सर्लाही- सर्लाहीमा शनिबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सर्लाही जिल्लामा संक्रमितको संख्या ४८१ पुगेको हो ।

शनिबार बागमती नगरपालिकाका १, बसबरिया गाउँपालिकाका १, हरिवन नगरपालिकाका २, ईश्वरपुर नगरपालिकाका ४ र विष्णु गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

शुक्रबार सर्लाहीमा ५८ जना संक्रमण पुष्टि भएको थियो । लालबन्दी बाहेक सर्लाहीका सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् । हरिवन नगरपालिकामा अहिलेसम्म ४० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

हरिवन नगरपालिकाले संक्रमण पुष्टि भएकालाई नयाँ बन्दै गरेको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखेको छ ।