यस्ता छन् कोरोनाबाट अति प्रभावित मुलुक, संक्रमित र मृत्यु कहाँ कति ?
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ८९ लाख २७ हजार भन्दा संक्रमित भएका छन्।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्ममा कोरोनाबाट ४ लाख ६७ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३० हजार भन्दा बढि संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट सबैभन्दा बढि अमेरिका, ब्राजिल, रुस, भारत, बेलायत, पेरु, स्पेन, चिली, इटाली र इरान प्रभावित भएका छन् ।
यी १० वटै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाखभन्दा माथि छ भने अमेरिकामा करिब २२ लाख ८० हजार संक्रमित भएका छन् । ब्राजिलमा १० लाख ८३ हजार बढिमा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट अति प्रभावित १० देश : कहाँ कति संक्रमित कतिको मृत्यु ?
कोरोनाबाट सबैभन्दा बढि आक्रान्त अमेरिका बनेको छ । जहाँ सोमबार बिहानसम्ममा २२ लाख ८० संक्रमित भएका छन् भने १ लाख १९ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।
दोस्रो बढि प्रभावित देश ब्राजिल हो । जहाँ १० लाख ८३ हजार ३ सय व्यक्तिमा कोरोना पुष्टि हुँदा ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ ।
तेस्रो प्रभावित देश रुसमा संक्रमितको संख्या ५ लाख ८३ हजार ८ सय नाघेको छ भने मृतकको संख्या ८ हजार १ सय १ पुगेको छ ।
छिमेकी मुलुक भारत कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा छ । जहाँ ४ लाख १० हजार ४ सय बढिमा संक्रमण पुष्टि भएको छ भने १३ हजार २ सय ५४ जनाको मृत्यु भएको छ ।
पाचौं कोरोना प्रभावित देश वेलायतमा ३ लाख ५ हजार ८ सय बढि ब्यक्ति संक्रमित हुँदा ४२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट आक्रान्त छैटौं देश पेरुमा २ लाख ५२ हजार ८ सय बढि ब्यक्ति संक्रमित भएका छन् भने ७ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ ।
सातौं प्रभावित देश २ लाख ४६ हजार २ सय जनामा कोरोना देखिदा २८ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।
आठौं प्रभावित देश चिलीमा २ लाख ४२ हजार ३ सय जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ ।
नवौं प्रभावित देश २ लाख ३८ हजार ४ सय बढि संक्रमित भएका छन् भने ३४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट अति प्रभावित दशौं मुलुक इरानमा २ लाख ४ हजार ९ सय भन्दा बढि ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । ९ हजार ६ सय २३ जनाको मृत्यु भएको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।