COVID-19 Update : एकैदिन थपिए २७३ संक्रमित, - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

COVID-19 Update : एकैदिन थपिए २७३ संक्रमित,



काठमाडौं – आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २७३ जना संक्रमित थपिएका छन् ।

दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २७३ जना संक्रमित थपिएको बताइएको हो ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ९१३ पुगेको छ । नेपालमा १८ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

पछिल्ला केहिदिन नेपामा हरेक दिन ठुलो संख्यामा संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।

हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या करिव ७७ लाख पुगेको छ भने करिव ४ लाख २८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर करिब ४० लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।