विश्व स्वास्थ्य संगठनले राख्यो कोरोनाको नयाँ नाम - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विश्व स्वास्थ्य संगठनले राख्यो कोरोनाको नयाँ नाम



एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नोबल कोरोना भाइरसको नयाँ औपचारिक नाम सार्वजनिक गरेको छ।

मंगलबार डब्लुएचओले कोरोना भाइरसलाई ‘कोभिड-१९’ नाम दिएको हो।

चीनको हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघिसकेको छ भने ४२ हजारभन्दा धेरै संक्रमित भएका छन्।


‘हामीले कुनै ठाउँ‚ जनावर र समुदाय विशेषबाट प्रभावित नभइकन भाइरसको नामाकरण गर्नुपर्ने भएकाले यस्तो नामाकरण गरेका हौं‚’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रियससले जानकारी दिए।

उनले कोरोना भाइरसको नयाँ नाम उच्चारण गर्न पनि सहज रहेको बताए।