काठमाडौँ र भक्तपुरमा पनि भेटिए नयाँ संक्रमित - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

काठमाडौँ र भक्तपुरमा पनि भेटिए नयाँ संक्रमित



काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना संक्रमित फेला परेका छन्।

काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।