कोरोनाका नयाँ लक्षण भेटीए - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोनाका नयाँ लक्षण भेटीए



काठमाडाैं- विश्वभर काेराेना भाइरसकाे संक्रमण फ़ैलिएपछि त्रासको वातवरण बनेको छ । अनुसन्धानकर्ताहरूले यसबारे विभिन्न तरिकाले यसको अध्ययन पनि गरिरहेका छन् ।

विश्वका अधिकांश देशहरूमा यसको ठुलो प्रभाव देखिएको छ भने विभिन्न नयाँ लक्षणहरू बिरामीमा देखिन थालेका छन् । सरकारहरुले पनि काेराेनाकाे संक्रमणबाट बच्नका लागि विभिन्न प्रतिबन्धहरु घाेषणा गरेका छन् ।

यसका साथै नागरिकले पनि काेराेनाबाट जाेगिन सावधानी अपनाइ रहेका छन् । काेराेना भाइरसले विश्वमा महामारीकाे रुप लिएपछि यसका लक्षण र यसबाट बच्ने उपायहरुका बारेमा विभिन्न चर्चा हुन थालेकाे छ।

कोरोना संक्रमितलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने र सास फेर्न समस्या हुने गर्दछ। पछिल्लाे समय यसका अन्य लक्षण पनि देखा परेकाे रिपाेर्टहरु आउन थालेका छन्।

ज्वरो आउनु र खोकी लाग्नुमात्रै काेराेनाकाे लक्षण नभएर गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसकाे लक्षणका रुपमा देखा परेकाे छ।

जर्मन विशेषज्ञहरुद्वारा रिपोर्ट गरिएको नयाँ लक्षणअनुसार गन्ध र स्वादको क्षमता कोरोना संक्रमितहरुमा कम हुने गरेकाे छ। यी लक्षणहरु काेराेना संक्रमित मध्ये ६६ प्रतिशत बिरामीहरुमा देखिएको छ।

अर्को नयाँ लक्षणमा पखाल पनि लाग्न सक्छ। याे लक्षण कोरोनाका बिरामी मध्ये ३० प्रतिशतमा देखा परेकाे छ।

काेराेनाकाे संक्रमण विश्वमा तीव्रगितमा फैलिइरहेकाे छ। याे महामारीलाई रोक्न अहिलेसम्म कुनै औषधि आविष्कार भएकाे छैन।