कोरोना भाईरसको जीन नै परिवर्तन: अत्यधिक संक्रामक, तर कम घातक
एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालेको छ ।
यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको छ ।
रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै अझै सतर्क रहन संगठनले जोड दिएको छ ।
यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाईरसको म्यूटेशन अर्थात् भाईरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ ।
सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।
इन्टरनेश्नल सोसाईटी अफ इन्फेक्शस डिजीजेजका नव निर्वाचित अध्यक्ष पौल टेम्बियाले केहि देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताएका छन् ।
कोरोनाबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजार बढी संक्रमित भईसकेका छन् भने ७ लाख ७२ हजार बढीको मृत्यु भईसकेको छ ।