ह्वात्तै बढ्यो कोरोनाबाट हुने मृत्युदर, हरेक ४ घण्टामा एकको मृत्यु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ह्वात्तै बढ्यो कोरोनाबाट हुने मृत्युदर, हरेक ४ घण्टामा एकको मृत्यु



काठमाडौं- कोरोना संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ।

यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा १ जनाको कोरोना संक्रमणका कारण ज्यान जान थालेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार साउनसम्म कोरोनाको कारण मृत्युदर ०.४ प्रतिशत थियो। अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ।

साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या एक सय ४ थियो। मंगलबार एक सय ६४ पुगेको छ। नेपालमा संक्रमितको पहिलो मृत्यु २ जेठमा भएको थियो।