कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो



काठमाडौँ- पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो।

पूर्वखोला– २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो। स्वास्थ्य मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको छ।

अस्पतालमा उनको मृत्यु भएको थियो। मृत्युपछि स्वाब गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

पाल्पामा मृत्यु भएका पुरुषको बिहीबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।