कोरोना लाग्न नदिन यस्तो छ प्रतिरोधात्मक क्षमता बढाउने काइदा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोना लाग्न नदिन यस्तो छ प्रतिरोधात्मक क्षमता बढाउने काइदा



काठमाडौं- चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को कम्प १ सय भन्दा बढी देशमा पुगेको छ।

सीमा जोडिएका छिमेकी मुलुक चीन र भारतमा समेत कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा स्वाभाविक चिन्ता सुरु भएको छ।

आज शुक्रबार प्रकाशित भएको साप्ताहिकका अनुसार विश्वव्यापी ट्रेण्ड हेर्दा दीर्घरोगी, बुढापाका, बालबालिका र त्यसमा पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोभिड १९ को संक्रमण बढी देखिएको छ।

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरु पनि कोरोनाको सम्भावित आक्रमणबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा जोड दिइरहेका छन्।

अब स्वाभाविक प्रश्न उठ्छ, रोग प्रतिरोधी क्षमता कसरी बढाउन सकिन्छ?

पोषणविद् डा.अरुणा उप्रेती भन्छिन्, ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन भान्सामा दैनिक पाक्ने खानेकुराहरु नै काफी हुन्छन्।

उनका अनुसार दाल, चामल, हरिया सागसब्जी, घरायसी मसला, खिचडी, तरुल, क्वाँटी, रोटी, ढिँडो, दूध, दही, मोही, ताजा अचार, खीर, पुरीजस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक गुण भएका विभिन्न जडिबुटी र मसलाहरुको सेवन गर्नुपर्ने वरिष्ठ आयुर्वेद चिकित्सक डा.ऋषिराम कोइराला बताउँछन्।

बिहानै घाममा बसेर शरीरमा तेल लगाउँदा पनि व्यादी क्षमता बढ्छ।

आयुर्वेदिक दृष्टिमा रोगसँग लड्ने क्षमता बढाउनका लागि ध्यान, योग, खानपिन, उठबस, निन्द्रा, नियमित दिसापिसाब, रहनसहनजस्ता पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने चिकित्सकहरु बताउँछन्।