दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण भएको हो ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण भएको हो ?



एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल बिरामी परेका छन्। उनलाई कोरोनाभाइरसको संक्रमण भएको आशंका गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार केजरीवालमा कोभिड-१९ का सामान्य लक्षणहरू देखिएका छन्। उनलाई ज्वरो आएको छ भने घाँटीमा पनि समस्या देखिएको छ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि केजरीवाल आइतबारदेखि घरमै सेल्फ आइसोलेसनमा बसेका छन्। उनको मंगलबार कोरोनाभाइरसको परीक्षण हुने बताइएको छ।

पछिल्लो समय भारतमा दैनिक झन्डै १० हजारका दरले कोभिड-१९ का बिरामी थपिने गरेका छन्।

सोमबारसम्म त्यहाँ २ लाख ५८ हजार ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धेरै संक्रमित भेटिएकामा क्षेत्रमध्ये नयाँदिल्ली पनि एक हो। दिल्लीमा झन्डै २९ हजार जनामा संक्रमण देखिएको छ भने ८ सय १२ जनाको मृत्यु भएको छ।