के अमेरिकी सेनाले नै कोराना भाइरस चीनमा फैलाएको हो ?
एजेन्सी- सन् २०१९ को अगस्त महिनामा अमेरिकी भाइरस रिर्सच बेसले आपतकालिन सट डाउन गरेको थियो । सट डाउन भएको एक महिनापछि अमेरिकी राज्यमै फ्लू भयावह बनेको थियो ।अमेरिकामा फ्लूका कारण ३७ हजार मानिसको ज्यान समेत गएको थियो ।
त्यहाँ उत्पत्ति भएको फ्लूलाई नियन्त्रण गर्न नसकेपछि उक्त भाइरससित लड्न भाइरसलाई सन् २०१९ को अक्टूबर महिनामा चीनको हुबेई प्रान्तको वुहान शहरले आयोजना गरेको सैन्य खेलकुदमा अमेरिकी सैनिकले भाग लिने क्रममा कोरोना भाइरसको ल्याएको चिनियाँ कुटनितीज्ञहरुले आशंका गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा भनिएको छ– अमेरिकाले यसैक्रममा सामाजीक सञ्जालमार्फत चीनलाई उक्त भाइरसको उत्पत्ति गर्ने दोषी ठहरायो र विभिन्न आरोप प्रत्यारोप समेत लगाएको थियो ।
संक्रमणको बेला सम्पूर्ण विश्व एक भएर लड्न पर्ने ठाउँमा अमेरिकाले दोषी करार गर्दे उक्त भाइरस आफूलाई ठूलो विषय नरहेको समेत दाबी गरिसकेको थियो ।
अमेरिकाले चालेको रणनिती स्वयम अमेरिकालाई भारी परेको समेत चिनियाँ कुटनीतीज्ञ तथा विदेश मन्त्रीका प्रवत्ता झाओ लिजियानले जनाएका छन् ।
गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वब्यापी रुप लिइसकेको विश्व स्वास्थ्य संगठन जनाइसकेको छ । उक्त भाइरसका कारण विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकाल घोषणा समेत गरिसकेको छ ।
चीनमा संक्रमणको स्थिती घटेसंगै विश्वभर फैलिएको कोरोनालाई नियन्त्रण अमेरिकालाई गाह्रो भएको जनाइएको छ ।
अमेरिकाका रोग नियन्त्रण र रोकथाम प्रमुख रोर्बर्ट रेडफिल्डका अनुसार अमेरिकामा देखा परेको कोरोना संक्रमणका लागि परिक्षण सामाग्रीको आभाव रहेको र यसमा नियन्त्रण सामाग्री अत्यावश्यक रहेको जनाएको थिए ।
प्रमुखले दिएको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो देशको कमजोरीलाई एक्सपोज गरेको भन्दै आपत्ति जनाएका थिए । विज्ञहरुले यस संक्रमणलाई इन्फरमेशन वारको संज्ञा समेत दिएका छन् ।
एसियामा फैलाएको कोरोना भाइरस युरोप र अमेरिकामा अत्याधिक मात्रामा बढेको छ । एसियाको सम्पूर्ण कार्य ठप्प हुदाँ अमेरिकाले चासो नदिएको र हास्यमा समेत उडाएको जनाइएको छ ।
विज्ञहरुले यसलाई राजनीती उदेश्यको कारण यस्ता प्रकारको संक्रमण फैलाइएको जनाइएको छ ।
प्रायः अमेरिकी अधिकारीहरुले वुहानको वायो ल्याब उक्त भाइरसको संक्रमण फैलिएको सकेत सामाजी सञ्जालमार्फत भाइरसल भएको थियो । कतिपय मानिसले चमेरो खुवाईबाट सरेका जनाइएको छ ।
तर कुनै पनि जनावरको टिस्यूलाई खाँदा मानिसको टिस्यूमा परिनत हुने समेत जनाइएको छ । कतिपयको धारणा ५ जीको कारण उक्त भाइरसको उत्पत्ति भएको जनाइएको छ । तर, उक्त भाइरसको संक्रमण उत्पत्ति कहाँबाट भएको भन्नेबारे अझ पुष्टि भएको छैन् ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले विश्वभर एक लाख भन्दा बढि रहेको तथ्यांक छ । उक्त भाइरसको जोखिमबाट मूत्यु हुनेको संख्या पाँच हजार भन्दा बढिको तथ्यांक छ ।
भाइरसको संक्रमणबाट ७३ हजार सात सय ३७ जना उपचारपछि सकुसल घर फर्केका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसका खबरलाई सही ढंगले नागरिक सामु प्रस्तुत गर्ने र गलत कुरालाई उजागर नगर्न सम्पूर्ण विश्वका नागरिकलाई विश्व स्वास्थ्य संगठको अनुरोध रहेको छ ।