कोरोनाको अति उच्च जोखिममा नेपाल, के गर्दै छ सरकार? - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कोरोनाको अति उच्च जोखिममा नेपाल, के गर्दै छ सरकार?



काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोनभाइरस (कोभिड १९)को अति उच्च जोखिमको सूचीमा राखेको छ।

डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचमीमा परेको हो।

डब्लूएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्ता र अफगानिस्तानलाई समेत कोरोनाभाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ, आजको राजधानी दैनिकले खबर छापेको छ।

स्वास्थ्य सेवाका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो।

स्वास्थ्य सेवा विभागले आवश्यक पूर्वतयारीलाई तीव्र पारेको महानिर्देशक श्रेष्ठले बताए। ‘हामी पूर्वतयारीमा छौं। अब हामी नितान्त अरू कामभन्दा पनि पूर्वतयारीमा मात्रै केन्द्रित छौं,’ उनले भने।