नेकपा नेताले भिरेको ‘कोरोना जन्तर’ माथि स्वास्थ्यले लगायो प्रतिबन्ध
काठमाडौं- नेकपा स्थायी कमिटि बैठकमा नेताहरूले घाँटीमा झुन्ड्याएको भाइरस रिमुभिङ कार्ड (कोरोना जन्तर) नेपालमा रोक लगाइएको छ । नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा यस्ता खालका भ्रम फैलाउने कार्य नगर्न चेतावनी दिँदै सो डिभाइसमाथि रोक लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
गौतमले भाइरस रिमुभिङ कार्ड (कोरोना जन्तर) बारे सुचना जारी गर्दै कुनै व्यक्ति वा समुहले यस्ता भ्रम फैलाएको थाहा भए कारबाही गर्ने समेत वताएको छ ।
गौतमले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउने प्रष्ट परेका छन् । बरु यसले मुटु, फोक्सो लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए । यसलाई नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए ।
प्रवक्ता गौतमले भनेका छन्, ‘भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई हुँदथ्थ्यो होला ।’ उनले यस्ता भ्रमको पछी नलाग्न र भ्रम फैलाउनेहरू माथि कारबाहीको प्रकिर्या अगाडी बढाइने समेत बताएका छन्