कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा भन्दा भारतमा धेरै - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा भन्दा भारतमा धेरै



काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा धेरै ब्यक्तिले ज्यान गुमाएका छन् ।

अमेरिकामा २४ घण्टामा ३ सय ६० जनाको मृत्यु हुँदा भारतमा ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । दैनिक भास्करका अनुसार भारतमा अहिलेसम्म कोरोनाकै कारण २० हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।

सोमबार ४ सय ७३ जनाको मृत्यु भएको थियो भने आइतबार ४ सय २१, शनिबार ६१०, शुक्रबार ४४४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट ७ लाख २० हजार ३ सयभन्दा धेरै संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२ हजार ५ सयमा संक्रमण पुष्टि भएको छ । आइतबार २३ हजार ९ सय ३२, शनिबार २४ हजार १५ जना संक्रमित थपिएका थिए ।

कोरोनाबाट भारतको महाराष्ट्र सबैभन्दा बढि आक्रान्त भएको छ । जहाँ २ लाख ११ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने ९ हजार २६ को मृत्यु भएको छ ।

दोस्रो प्रभावित राजस्थानमा १ लाख १४ हजार ९ सय बढि संक्रमित हुँदा १ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

तेस्रो प्रभावित दिल्लीमा १ लाख ८ सयभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा ३ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।