भारतमा मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतमा मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो: यस्तो छ पछिल्लो अवस्था



काठमाडौं- भारतमा कोरोनाभाइरस संक्रमण लगातार बढ्न थालेको छ। सोमबार एकैदिन १७५ जनाको मृत्यु भएको छ। एकैदिन सय वा त्यसभन्दा बढीको मृत्यु भएको तीन दिनमा दोस्रोपटक हो।

शनिबार त्यहाँ सय जनाको मृत्यु भएको थियो। आइतबार भने ६८ जनाको मृत्यु भएको थियो। भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १५ सय ६६ पुगेको छ।

अहिलेसम्म जम्मा ४६ हजार ४३७ जना संक्रमित फेला परेका छन्। तीमध्ये १२ हजार ८४७ जना निको भएका छन्।

सोमबार अहिलेसम्मकै सबैभन्दा बढी तीन हजार ६० जना संक्रमित भेटिएका छन्। विगत ६ दिनदेखि नयाँ संक्रमित भेटिने क्रम ह्वात्तै बढेको छ।

अप्रिल २९ मा १७ सय ३८ नयाँ संक्रमित भेटिएका थिए। त्यसयता नयाँ संक्रमित भेटिने क्रम हरेक दिन बढ्दा भारतमा भयाभह रुप लिनसक्ने देखिएको छ।

सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ। त्यसपछि राजस्थान, गुजरात, दिल्ली, तामिलनाडु, उत्तरप्रदेश लगायत राज्य प्रभावित छन्।