भारतको अवस्था चिन्ताजनक: अर्को न्युयोर्क बन्ने खतरा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

भारतको अवस्था चिन्ताजनक: अर्को न्युयोर्क बन्ने खतरा



काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण गती तीव्र भएपछि चिन्ता ब्यक्त गर्न थालिएको छ ।

सङ्क्रमित र मृतकको संख्या निकै बढ्न थालेपछि अर्को न्युयोर्क बन्ने खतरा भएको विज्ञहरूले बताउन थालेका छन् ।

भारतमा सोमबार एकै दिन नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट भारतमा २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मनत्रालयले जनाएको छ ।

योसँगै मृत्यु हुनेको संख्या १११ पुगेको छ। यस्तै सोमबार थप ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै कुल संक्रमितको संख्या चार हजार २८१ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३१८ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।

भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भउको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ ।

सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १२० नयाँ संक्रमित पुष्टि भएका हुन् । राज्यमा कुल संक्रमितको संख्या ८६८ पुगेको छ। यस्तै सोमबार महाराष्ट्रमा सातजनाको मृत्यु भएसँगै राज्यमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

यस्तै राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ५२५ पुगेको छ र अहिलेसम्म सातजनाको मृत्यु भएको छ ।

मध्य प्रदेशमा सोमबार ६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५६ भएको छ । मध्य प्रदेशको भोपाल जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सोमबार एकै दिन ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

तेलंगानामा अहिले ३०८ संक्रमित छन् र ११ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा ३०३ तथा केरलमा ३२७ जना संक्रमित छन् ।