कोरोना भाइरस: नेपालमा पनि बन्ने भयो छुट्टै अस्पताल, यस्तो छ तयारी - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

कोरोना भाइरस: नेपालमा पनि बन्ने भयो छुट्टै अस्पताल, यस्तो छ तयारी



काठमाडौं- सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ।

प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए।

सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए।

ढकालले सम्भावित संक्रमितलाई लक्षीत गरी अहिले सरकारले तीन अस्पतालमा ४३ बेड छुट्याइएको बताए।