घट्न थाल्यो विश्वभर कोरोना संक्रमण
काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्ला दुई दिनको तुलनामा सोमबार केही घटेको छ।
गएको शनिबार र आइतबार विश्वभर २ लाख ६० हजार जना कोरोना संक्रमित थपिएकोमा सोमबार २ लाख ३० हजार जना थपिएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा १ करोड ४३ लाख ४८ हजार ८५८ जनामा कोरोना संक्रमण देखिइसकेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको छ।
गएको डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका २१६ देशमा फैलिसकेको छ।