फेरि तिब्र रूपमा फैलिँदै चीनमा कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

फेरि तिब्र रूपमा फैलिँदै चीनमा कोरोना सङ्क्रमण



काठमाडौँ- चीनमा लगभग नियन्त्रणमा आएको भनिएको कोरोना भाइरस पुनः फैलिन थालेको छ ।

आइतबारमात्रै एकसय जनाभन्दा बढी संक्रमित फेला परेका थिए । सोमबार ८९ जना नयाँ संक्रमित फेला परेका छन् ।

लकडाउन सहज बनाएसँगै चीनमा कोरोना भाइरस फैलिएको हो ।

चीनले लकडाउन गर्ने वा नगर्ने संकट आएको अधिकारीहरुले बताएका छन् ।

चीनमा कोरोना भाइरसबाट हालसम्म ३ हजार ३४२ जनाको मृत्यु भएको छ ।

तर, चीनमा संक्रमति थपिए पनि मृत्युदरमा निकै कमी आएको छ ।

पछिल्लो समय फेला परेका ११६ जना नयाँ संक्रमितको अवस्था गम्भीर रहेको छ ।