कोरोना पुष्टि भएको नौं दिनमै निको भए चार संक्रमित - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कोरोना पुष्टि भएको नौं दिनमै निको भए चार संक्रमित



काठमाडौँ- काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ।

यस्तै कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको निधन भएको छ। अहिलेसम्म ४५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।