एक लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्र पाउने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

एक लाखको कोरोना बीमा गरेकाले अब २५ हजार मात्र पाउने



काठमाडौँ– बीमा समितिले कोरोना बीमाको मापदण्डमा संशोधन गरेको छ। बीमाको नयाँ मापदण्ड अनुसार एक लाख रुपैयाँको कोरोना–बीमा गर्नेले पीसीआर परीक्षण गर्दा कोरोना भाइरस प्रमाणित भइ होम आइसोलेशन बसेको खण्डमा बीमाङ्कको २५ प्रतिशतमात्र अर्थात २५ हजार रुपैयाँमात्र पाउनेछन्।

संक्रमित प्रमाणित भइ अस्पताल भर्ना हुनु परेमा वा तोकिएको आइसोलेसन सेन्टरमा बसेको अवस्थामा कोरोना उपचारमा लागेको औषधी खर्च सहितको विवरण देखाएमा बीमा भुक्तानी थप ७५ प्रतिशतसम्म पाउने बीमा समितिले जनाएको छ।

भदौ २८ गतेसम्म कोरोना बीमा गर्नेहरुको हकमा भने पुरानै मापदण्ड लागु हुने समितिले जानकारी दिएको छ। पहिले कोरोना बीमा गरेका बीमकहरुले कोरोना संक्रमण पुष्टि भएमा दाबी भुक्तानी एक लाख रुपैयाँ नै पाउनेछन्।

बीमा समितिले कोरोना बीमाको सुरुवातमा एक लाख रुपैयाँको बीमा गर्दा दाबी भुक्तानी पनि एक लाख नै पाउने व्यवस्था गरेको थियो।

पहिले व्यक्तिगत तथा सामुहिक रुपमा बीमा गर्ने व्यवस्था पनि गरेको थियो। तर नयाँ मापदण्डमा भने सामुहिक रुपमा मात्र कोरोना बीमा गर्न पाइने व्यवस्था गरेको छ।