वरिष्ठ कोरोना विज्ञ भन्छन्: कोरोनाको खोप नै सफल हुँदैन - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

वरिष्ठ कोरोना विज्ञ भन्छन्: कोरोनाको खोप नै सफल हुँदैन



एजेन्सी- अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डा. एन्थोनी फाउचीले खाेप आए पनि त्यसले सय प्रतिशत नै काेराेना भाइरसबाट बचाउने सम्भावना नरहेकाे बताएका छन्।

उनले कोरोनाको खोप आएपनि पुरै सफल भने नहुने बताएका हुन् । कोरोनाविरुद्धको खोप बनाउन विश्वभर सयौं अनुसन्धान भैरहेका बेला उनले यस्तो बताएका हुन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डा. फाउचीले खोपले कोरोना हुन नदिने जोखिम केवल ५० देखि ६० प्रतिशतसम्म मात्र घटाउन सक्ने सम्भावना छ।

यसको अर्थ खोप आउँदैमा ढुक्क हुन सकिन्न, खोप आए पनि स्वास्थ्य सुरक्षाका उपाय पालना गरिरहनुपर्ने हुन्छ।

उनले भने, ‘हामीलाई अझै के थाहा छैन भने खोप कति प्रभावकारी हुन्छ?’