कोरोना भगाउन दिपावली र थाल आतंक (फोटो फिचर)
कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भाग्ने भन्दै घर-घरमा दिपावली गरिएको छ । सामाजिक सञ्जालमा चैत २३ गते साँझ पशुपतिबाट ज्योतिषले दियो बाल्न आग्रह गरेको भन्दै कैलाली तथा कञ्चनपुरको विभिन्न स्थानमा दिप प्रज्वलन गरि दिपावली जस्तै झिलिमिली पारिएको छ । दिप प्रज्वलनसंगै कैलालीको विभिन्न ठाउँमा कोरोना भाग्ने भन्दै थाल लगायतका भाडाहरु पनि बजाइएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका -६ का दिलिप शर्माले कोरोना भाग्ने विश्वासमा घरमा दिपावली मनाएको बताए । सामाजिक सञ्जालमा पशुपति क्षेत्रबाट ज्योतिषले अहिले साँझ दियो बालेर अन्धकार भएको विश्वलाई उज्यालो पारेपछि कोरोना भाग्ने भन्दै सामाजिक संजालमा आएपछि आफुले पनि दियो बालेको शर्माले बताए । दिप प्रज्वलन र थाल बजाएपछी कोरोना भाग्ने भन्दै फोटोहरु सार्वजनिक गरिएपछि सामाजिक संजालमा विभिन्न किसिमका टीका टिप्पणीहरु समेत भएको पाइएको छ ।
नेपालमा अहिलेसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये सुदूरपश्चिम प्रदेशको कैलाली ३ र कञ्चनपुरमा १ गरी ४ जनामा कोरोनोको संक्रमण भएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।



