कोरोना पुष्टि भएका बुटवलका दुई जना फरार
बुटवल- कोरोना भाइरससंक्रमण पुष्टि भएका बुटवलका दुई जना दुई जना सम्पर्कविहीन भएका छन् । अस्पतालले कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताएलगत्तै उनीहरू सम्पर्कबिहीन बनेको बताइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्कविहीन भएका हुन् ।
बुटवल वडा नं. ६ मा ठेगाना बताएका उनीहरू सम्पर्कबिहीन बनेपछि स्थानीयहरू त्रसित बनेका छन् । एनसेलको मोबाइल नम्बर टिपाएका दुई संक्रमितको अहिले भने फोन अफ भएको बताइएको छ ।
स्थानीय जनप्रतिनिधि र प्रशासनलाई खोजीका लागि अनुरोध गरिएको उनले बताए ।