वैज्ञानिकहरूले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य
काठमाडौं- विश्व पुरै कोरोना भाइरसले आक्रान्त भैरहेको बेला यसबारे विभिन्न अनुसन्धानहरू भैरहेका छन् । यिनै अनुसन्धानहरूले कोरोनाभाइरसबारे नयाँ नयाँ तथ्यहरु पत्ता लगाइरहेका छन् ।
कोरोना भाइरसबाट बच्नक लागि पनि विभिन्न अनुसन्धान भएका छन् । एउटा अनुसन्धानले कोरोनाभाइरस संक्रमणबाट जोगिन र थप संक्रमण नियन्त्रणका लागि दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने बताउँदै आइरहेका बेला वैज्ञानिकहरुले कोरोनाबारे नयाँ तथ्यहरू पत्ता लगाएको छ ।
जुन अनुसन्धानले कोरोनाका विषाणु बन्द कोठाभित्र दश मिटरभन्दा टाढासम्म फैलिनसक्ने पत्ता लगाएको चिनिया पत्रिका साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)लाई पत्र लेख्दै विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकले बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्ने उल्लेख गरेका छन् । उक्त तथ्यले कोरोनाभाइरस नियन्त्रणमा जटिलता थपिएको छ ।
कोरोनाभाइरस नियन्त्रणका लागि भौतिक दूरी कायम राख्नु पर्ने, बारम्बार सावुन पानीले हात धोइरहनु पर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, मास्क लगाउनु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।