कोरोनाको औषधि भन्दै चर्चमा खुवाइयो डेटोल: ५९ जनाको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोनाको औषधि भन्दै चर्चमा खुवाइयो डेटोल: ५९ जनाको मृत्यु



एजेन्सी- दक्षिण अफ्रिकाका एक पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डेटोल खुवाएका छन् ।

जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जना स्थिति गम्भीर रहेको जनाइएको छ।

स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार ती चर्चका सदस्यहरुलाई डेटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो।

केन्या टुडेको ‘फ्याक्ट चेक’ पछि हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार यस्तो घटना बाहिरिएको हो ।

पास्टर फाला विवादित व्यक्ति समेत हुन् । यसअघि पनि उनले पटक पटक यस्तै गैरकानुनी हर्कत गर्दैआएका छन् ।

२०१८ मा उनले क्रिश्चियन विश्वासीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट जिक पिलाएका थिए ।