कोरोनाकै कारण पोखरामा अर्का व्यक्तिको ज्यान गयो
काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको हो ।
असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा भर्ना भएका स्याङ्जा जिल्ला सिरुवारी घर भएका ५५ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।
गएराती उपचारको क्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यो सँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
ति पुरुष निमोनिया र मधुमेह रोगबाट ग्रसित भएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।यसअघि पनि स्याङ्जा एक कोरोना संक्रमितको मृत्यु भईसकेको थियो ।