कोरोना भाइरस अन्तिम चरणमा आएको खुलासा
एजेन्सी– नोबेल पुरस्कार विजेता माइकल लेभिटले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस चाँडै समाप्त हुने भविष्यवाणी गरेका छन् ।
स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता माइकल लेभिटले यस्तो भविष्यवाणी गरेका हुन् ।
सामाजिक दुरी कायम गर्नाले हालको समयमा महामारीसँग जुझ्नका लागि आवश्यक भएको उनले बताएका छन् ।
रसायन विज्ञानमा २०१३ मा नोबेल पुरस्कार जितेका उनले यो भन्दा पहिले पनि चीनमा महामारीको भविष्यवाणी गरेका थिए ।
चीनमा यो महामारीले विनाशकारी प्रकोप लिएर आउने भविष्यवाणी समेत उनले गरेका थिए ।
माइकल लेभिड त्यही व्यक्ति हुन् जसले चीनमा सवा ३ हजार मानिस मारिने भविष्यवाणी गरेका थिए ।
माइकल लेभिटले द लस एन्जलस टाइम्सलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘हामीले कोरोनाको बढ्दो प्रकोप रोक्नका लागि जे गर्नुपर्ने थियो त्यो गरिरहेका छौं । हामी सब ठीक हुदै गइरहेका छौ । परिस्थिति त्यती भयावह छैन जतिको चेतावनी दिइएको थियो ।’