क्वारेन्टाइन बसेर घर फर्केपछि कोरोना सङ्क्रमण - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

क्वारेन्टाइन बसेर घर फर्केपछि कोरोना सङ्क्रमण



काठमाडौँ- स्वास्थ्य मन्त्रालयले कैलालीकी संक्रमित महिलालाई दुई साता लामो क्वारेन्टाइनबाट घर फर्किएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको हो।

स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलाली र रौतहटमा एक एक जनामा कोरोना संक्रमण देखिएको जनाएका हुन्।

रौतहटमा १९ वर्षीय पुरुषमा र कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डा. देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए।

दुई सातासम्म क्वारेन्टाईनमा बसेकी उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटबाट नेगेटिभ रिपोर्ट आएपछि उनी घर गएकी थिइन्।

घर गएको तीन दिनपछि पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाइई उपचारका लागि अस्पताल लगिएको हो।