कोपा अमेरिका : कोलम्बियाको अर्को जित - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोपा अमेरिका : कोलम्बियाको अर्को जित



एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा कोलम्बियाले लगातार दोस्रो जित निकालेको छ । बिहिबार बिहान भएको समूह चरणको आफ्नो दोस्रो खेलमा कोलम्बियाले कतारलाई १–० गोल अन्तरले हराएको हो । मोरुम्बी स्टेडियममा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको कोलम्बियाका लागि डुभान जापाटाले निर्णायक गोल गरे ।

खेलको ८६ औँ मिनेटमा जापाटाल कोलम्बियाका लागि निर्णायक गोल गरे । पहिलो पटक कोपा अमेरिकामा सहभागि भएको कतार आमन्त्रित टोली हो । जितसँगै समूह ‘बी’ को कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ । पराजित कतारको १ अंक छ । कतारले पहिलो खेलमा पाराग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।