अर्जेन्टिना पाराग्वेसँग १ ले पछाडी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

अर्जेन्टिना पाराग्वेसँग १ ले पछाडी



एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत अहिले अर्जेन्टिना र पाराग्वे प्रतिस्पर्धा गरिरहेका छन् । इस्टेडियो गोभर्नेडोेर पहिलो हाफ सकिँदा अर्जेन्टिना १–० गोलले पछि छ । खेलको ३७ औँ मिनेटमा रिचर्ड सान्चेले गोल गर्दै  पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलमा अर्जेन्टिनाले पोजिसन धेरै बनाएको छ । तर सट भने पाराग्वेले धेरै प्रहार गरेको छ । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना प्रतियोगितामा बलियो बन्न दोस्रो खेलमा जित निकाल्ने योजनामा छ ।

आजको खेलमा पराजित भए अर्जेन्टिनालाई प्रतियोगितामा टिकिराख्न समस्या हुनेछ ।