कोपा अमेरिका :च्याम्पियन चिलीसँग जापान पराजित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोपा अमेरिका :च्याम्पियन चिलीसँग जापान पराजित



काठमाडौं । कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापान पराजित भएको छ ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले पराजित भएको हो । चिलीको जितमा इडुआर्डो भर्गासले दुई गोल गरे । त्यस्तै, इरिक पुलगर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४१औं मिनेटमा पुलगरले गोल गर्दै चिलीलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको जापानले दोस्रो हाफमा झनै खराब प्रदर्शन गर्‍यो । भर्गासले खेलको ५४औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ८२औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई ३–० गोलको अग्रता दिलाए । भर्गासले त्यसको एक मिनेटपछि नै अर्थात खेलको ८३औं मिनेटमा अर्को गोल गर्दै ४–० गोलको जित हात पारेको हो ।