कोपा अमेरिका : ब्राजिलले लियो अग्रता (भिडियो) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोपा अमेरिका : ब्राजिलले लियो अग्रता (भिडियो)



एजेन्सी – कोपा अमेरिका २०१९ को पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । पहिलो हाफमा ब्राजिलले १-० को अग्रता लिएको छ ।

खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र दिएको लो क्रसलाई जेससले गोलमा परिणत गरेका थिए ।

खेलको ३० औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमायो । कप्तान लिओनेल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई सर्जियो अगुएरोले गरेको हेडर प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि ३६ औं मिनेटमा मेस्सीले दिएको पासमा अगुएरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिल्भाले छेकेका थिए ।
यस खेलको विजेताले चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग कोपा अमेरिका उपाधिको लागि खेल्नेछ ।

भिडियोमा हेर्नुहोस