कोपा अमेरिका: उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

कोपा अमेरिका: उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा



काठमाडौं- केही बेर अघि सकिएको कोपा अमेरिका खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको छ। उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको हो।

समूह चरणमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको कोलम्बियाले नेपाली समय अनुसार आइतबार बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो ।निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो। प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ। अर्जेन्टिना र इक्वेडरको विजेताले कोलम्बियाको सामना गर्ने छ। यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा पुगिसकेका छन्।

एडिन्सन काभानी, लुइस स्वारेजसहितका स्टार खेलाडी रहेको उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।यसअघि शनिबार बिहान भएको खेलमा जित निकाल्दै ब्राजिलल र पेरुले पनि अन्तिम चारमा स्थान बनाएका थिए ।