विद्यार्थी पठाउने कन्सल्टेन्सीमाथि सरकारले थाल्यो निगरानी
काठमाडौँ- गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने भएको छ । यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय त्यस्ता उजुरी र गुनासो बढ्न थालेपछि मन्त्रालयले प्रचलित कानुनविपरीत काम नगरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई कारबाही गर्ने जनाएको छ ।
गैरकानुनी रुपमा काम गर्ने संस्था–व्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिन मन्त्रालयले आग्रह गरेको छ ।