राष्ट्रपतिले संविधान मिचेको कांग्रेसको ठहर - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राष्ट्रपतिले संविधान मिचेको कांग्रेसको ठहर



काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न भनि आह्वान गर्दै जारी गरेको विज्ञप्तीलाई असंवैधानिक भएको ठहर गरेको छ ।

‘आज २०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ’, काँग्रेसले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक भोलि विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको उनको विज्ञप्तिमा उल्लेख छ ।