कांग्रेसले आफूलाई जनतासमक्ष सुध्रने मौका लिनु पर्छ :नेता सिटौला - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेसले आफूलाई जनतासमक्ष सुध्रने मौका लिनु पर्छ :नेता सिटौला



काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा सरकारले जनतालाई दण्डित गरेको गम्भिर आरोप लगाएका छन् । जनताले नेकपालाई चुनाव जिताएर पठाएकोमा पुरस्कृत गर्नुपर्नेमा करलगायत अनेकौं बाहानामा दण्ड दिएको उनले बताए ।

शनिबारबाट सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले सरकार एक वर्षकै अवधिमा साह्रै अलोकप्रिय भएको बताए ।

उनले महासमिति सदस्यहरुलाई आफ्नो मनमा लागेका कुराहरु खुलेर राख्न आगैह गरे । अब देशब्यापी अभियान गएर कांग्रेसले आफूलाई जनतासमक्ष सुध्रने मौका लिनु पर्ने उनले बताए । कांग्रेसले अहिलेसम्मको समय आपसी कलहमै खेर फालेको उनको भनाई छ ।