कांग्रेसबाट राजनीति गर्ने तयारीमा रमेश खरेल - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

कांग्रेसबाट राजनीति गर्ने तयारीमा रमेश खरेल



काठमाडौं – नेपाल प्रहरीका ‘सिंघम’, पुर्व डीआइजी रमेश खरेलले राजिनामा दिएसंगै उनले राजनीतिमा प्रवेश गर्ने चर्चा चुलिएको छ । गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका थिए ।

राम्रो काम गर्दा गर्दै राजनीतिक सिकार बनेका खरेलले जनताको सेवा गर्न आफू जसरी पनि आउन सक्ने बताएको उनी निकट श्रोतले जानकारी दिएको छ ।

डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले अर्कोदिन प्रहरी सेवाबाट राजीनामा दिएका थिए।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सँगै निरीक्षकको परीक्षा उत्तीर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

खरेलको राजीनामालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । खरेलले पूर्व डिआईजी नवराज सिलवालकै पथ पछ्याउने स्रोतको दाबी छ । स्रोतका अनुसार खरेल सम्भवतः धेरै छिटो राजनीतिमा आउने तयारीमा जुटेका छन् ।

अहिले खुलेर केही नभने पनि खरेलको लक्ष्य राजनीतिमा जाने नै रहेको कतिपयको विश्लेषण छ । प्रहरी प्रमुख बन्नेमा ढुक्क रहेका खरेल राजनीतिको सिकार भएपछि राजीनामा दिनुलाई सामान्य मान्न पनि सकिँदैन ।

विगतमा राजनीतिज्ञहरुविरुद्ध दिएको कडा अभिव्यक्तिकै कारण अहिले उनी पछाडि परेको कतिपको बुझाई छ । उनलाई राजनीति भित्रका धेरै कुरा अवगत भएकै कारण पनि राजनीतिमा आउन सहज छ ।

एकाएक राजीनामा दिएकै कारण पनि उनी राजनीतिमा आउन सक्ने धेरैको बुझाई छ ।