काँग्रेस र काँग्रेसी चुनावी मैदान जीत सुनिश्चित हुँदै। - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

काँग्रेस र काँग्रेसी चुनावी मैदान जीत सुनिश्चित हुँदै।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

२० वर्षको लामो अन्तराल पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा विभिन्न राजनीति दलहरूले आआफ्नो एजेण्डा बोकेर जनता सामु प्रस्तुति दिन थाली सकेका छन्।चुनावी माहौलले सहर बजार देखि दूर दराजका जनता माझ खुसीयाली ल्याई दिएको छ र आफूले मन खाएको पार्टी र नेतालाई जिताउने सुरमा छन्।जनता अब चाहिँ देशमा केही परिवर्तन होला की भन्ने आशामा आशाको त्यान्द्रोलाई अल्झाई रहेका छन्।नेपाली काँग्रेस पार्टी पनि आफ्नो एजेण्डा लिएर जनता माझ पुगी सकेको छ र यसरी जनता माझ पुगेका काँग्रेसका नेतृत्वले जनता सामु गरेका प्रतिबद्धताहरूका बारेमा केही चर्चा गरौँ।

केही दिन अगाडी नेपाली काँग्रेसले गरेको प्रदेश नं ४,५ र ७ को आमसभामा जस्तो किसिमको जन लहर देखियो लाग्छ जनताको विश्वास र आस्थाको पार्टी नै काँग्रेस रहेछ।यस्तो गर्मी मौसममा पनि गर्मीको प्रवाह नगरी तातो घाम खादै काँग्रेस नेतृत्वको सम्बोधन सुन्नका लागि जनता गाउँ गाँउ बस्ती बस्तीबाट आम सभा गरेको स्थान सम्म आउने कष्ट गरे तसर्थ काँग्रेसका नेतृत्वमा बसेकाले पनि जनताको भावनाको कदर र आस्थामा तुषारापात ल्याउने काम गर्नु हुन्न भन्ने मान्यता राख्दछु।जनता बिनाको नेता र पार्टीको कल्पना गर्न सकिएला र ?जनताले आखिर के का लागि योगदान दिए पार्टीलाई यो बुझ्न जरुरी छ।नेपालका कमरेडहरूले देश नै कम्युनिस्ट मयी भयो भन्दा मन चसक्क दुख्थ्यो तर वास्तविकता त्यस्तो रहेन्छ।

नेकपा एमालेको मेची काली अभियानमा केन्द्र देखि नै हजारौँ कार्यकर्ता र शयौ गाडीको लावा लस्कर सहित सुरक्षा कर्मीहरू द्वारा सुसज्जित भएर कार्यक्रम गर्दा पनि यतिको जनमानस जम्मा गर्न सकेका थिएन तर काँग्रेसले एमालेले गरेका ती सबै कुराहरूबाट अलग भएर पनि लाखौ लाख जनमानस जुट्नु भनेको जनताको आस्था कता रहेछ भन्ने प्रस्ट हुन्छ।काँग्रेस जे बोल्छ त्यही गर्छ र जे गर्छ त्यही बोल्छ भन्ने गिरिजा बाबुको माहान बाणीका कारण नै जनता काँग्रेस प्रति आस्तिक भएको हो।काँग्रेसको आमसभा देशै भरी हुँदै छ र ती आमसभाहरूमा बोल्नु हुने पार्टीका नेतृत्व तहका नेता जीहरू शेर बहादुर देउवा,राम चन्द्र पौडेल,सशांक कोइराला,बिमलेन्द्र निधि,गोपालमान श्रेष्ठ लगाएतका थुप्रै नेताहरूले अब हुने तीनै तहको निर्वाचनमा काँग्रेस विजयी भयो भने काँग्रेसले वृद्ध बाबु आमाहरूलाई दिँदै आएको वृद्ध भत्ता हालको भन्दा दोब्बर गराउने र जनताका लागि चाहिने सम्पूर्ण सुविधाहरूलाई मध्य नजर राख्दै विकास निर्माणको कार्यलाई वैज्ञानिक ढङ्गबाट गर्ने भनेर मंञ्चबाटै उदघोष र प्रतिबद्धता गरी सकेका छन्।

विगतमा पनि नेपाली काँग्रेस सरकारमा रहदा विकास निर्माणको कार्य नभएको भने होइन तर जति हुनु पर्ने थियो जति गर्नु पर्ने थियो त्यो माओवादीका जनयुद्धका कारण हुन पाएन।अब आशा गरौँ आउने दिनहरूमा काँग्रेस सरकारमा गयो भने नेतृत्वमा रहेर जनताको सुख दुखमा साथ दिएर नेपाललाई समुनतको मार्गमा डोराउने छ।विगतमा भएका कमी कम्जोरीहरूलाई मूल्याङ्कन गरेर अगाडी बढ्यो भने नेपाली काँग्रेसको विकल्पमा अरू पार्टी आउने छैन।राणा शासन अन्त्य गर्ने काँग्रेस,प्रजातन्त्र ल्याउने काँग्रेस,पंञ्चायति शासन हटाउने काँग्रेस,बहुदलीय व्यवस्था ल्याउने काँग्रेस,राजतन्त्रको अन्त्य गराउने काँग्रेस साथै देशमा आर्थिक क्रान्ति ल्याउने काँग्रेस अब तपाईँ नै मूल्याङ्कन गर्न सक्नु हुन्छ काँग्रेस पार्टी के हो र कसका लागि हो भनेर।आशा गरौँ आगामी हुने तीन वटै निर्वाचनमा काँग्रेसले विजय हासिल गर्‍यो भने बोलेका कुराहरूलाई व्यवहारमा परिणत गर्ने छ।