कांग्रेस बैठकमा ठूला भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

कांग्रेस बैठकमा ठूला भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा ठूला भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय न्यायायिक आयोग गठन गर्ने प्रस्ताव भएको छ ।

नेता अर्जुननरसिंह केसीले ठूला भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय न्याययिक आयोग गठन गर्न सरकारलाई पार्टीले सुझाव दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

“ओली सरकार गठनभएपछि करिब पाँच वर्षदेखि हामीले धेरै भ्रष्टाचारका मुद्दामा बोलेका छौँ । यसका विषयमा केही पनि नगरी चुनावमा जाँदा के गरेउ तिमीहरूले भनेर जनताले प्रश्न सोध्छन्,” केसीले भने, “त्यसैले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छु ।”

उनले पार्टी भ्रष्टाचारविरुद्ध उभिन्छ भनेर विश्वास दिलाउन ठूला भ्रष्टाचारमा छानबिन अनिवार्य भएको बताए ।