काठमाडौँ महानगरमा कांग्रेसका उम्मेदवार पनि निर्विरोध निर्वाचित
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का तीनजना र नेपाली कांग्रेसका एक दलित महिलासहित चार दलित महिला सदस्य निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका वडा-१८ की दलित महिला सदस्य अम्बिका सुनार, वडा २७ की प्रभा परियार, वडा-२२ गीता परियार र नेपाली कांग्रेसकी २३ की कन्चना नेपाली (हरिजन) निर्विरोध भएका हुन् ।