कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भएको काँग्रेसको निष्कर्ष - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भएको काँग्रेसको निष्कर्ष



काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना महामारीको रोकथाम र नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ ।

यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको नेता रमेश लेखकले जानकारी दिए ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकासँग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

केन्द्रीय सदस्य डिला संग्रौलालेकोरोना रोकथामको विषयमा संसदमा सरकारसँग सवाल जवाफमा नीति अख्तियार गरिने बताइन् । संग्रौलाका अनुसार कोरोना महामारीका कारण सडक संघर्ष सम्भव नभएकाले संसदबाट सरकारलाई जवाफदेही बनाउन परिपस्थिति हेरेर संसद अवरोधसम्म जाने विषयका बैठकमा छलफल भएको छ ।

बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ ।

बैठकले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर काँग्रेसले गरेको छ ।