नेकपा (एस)सँग चुनावी तालमेल नगर्ने कांग्रेसको निर्णय - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेकपा (एस)सँग चुनावी तालमेल नगर्ने कांग्रेसको निर्णय



काठमाडाैं – नेपाली कांग्रेस कास्कीले स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ।

कास्की कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीसँग तालमेल नगर्ने निर्णय गरेको हो।

गठबन्धनका अन्य दलहरूसँग वार्ता र संवाद जारी रहेकै बेला कांग्रेसले एकीकृत समाजवादीको अस्वाभाविक दाबीका कारण चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख छ।

नेपालका ६ महानगरमध्ये एकीकृत समाजवादीले कास्कीको मेयरमा दाबी गरेको छ।