कांग्रेसले यसरी गर्दैछ ओली सरकारको भण्डाफोर ! - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

कांग्रेसले यसरी गर्दैछ ओली सरकारको भण्डाफोर !



काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ओली सरकारले अधिकाँस गरिवी र श्रमजीवी जनताको पक्षमा काम नगरी अवैधानिक रुपमा राज्य सत्ताको दोहन गरेको भन्दै राज्यलाई सजग गराउन छायाँ सरकारको गठन गर्ने तयारी गरिरहेको छ । छायाँ सरकार केन्द्र, प्रदेश जिल्ला, नगर तथा गाउँमा गठन गरिने छ । छायाँ सरकारले सरकारले गरेका हरेक गतिविधिमा निगरानी तथा गलत कामको भण्डाफोर गर्ने भएको छ ।

छायाँ सरकारको नेतृत्व केन्द्रमा केन्द्रीय नेता तथा प्रदेश जिल्ला, नगर तथा गाउँमा सवै तहका पार्टि प्रमुखहरुले गर्नेछन । छायाँ सरकारको नेतृत्वमा वीगतको निर्वाचनमा पराजित भएका उम्मेदवारलाई कांग्रेसले प्राथमिकतामा राखेको छ । छायाँ सरकारले हालको सरकारले गरेका हरेक गतिविधिमा निगरानी तथा गलत कामको भण्डाफोर गर्नेेछ ।

सरकारले जनतामाथि गाउँ,नगर,केन्द्रमा दोहोरो कर लगाएको, भ्रष्टचारले पराकाष्ट नाघेको, जनताले सुविधा पाउने खालको कुनै काम नगरेको, मुल्य वृद्धी दिनप्रतिदिन बढदा पनि बेवास्ता गरेर सरकारले बजारको अनुगमन नगरेको, जनतालाई मुल्य बृदीको भार बोकाएको,मानव अधिकार तथा प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउन खोजेको आरोप कांग्रेसले लगाएको छ । विगतमा देउवा सरकारले गरेका निणर्य उल्टाएर संवैधानिक जटिलता ल्याएको तथा सर्वसाधारण जनताले न्याय पाउने ठाउँ अदालतलाई कब्जा गरेर अधिनायकवादी बाटोमा सरकार गएको दावी गर्दै यी र यस्ता निणर्यलाई भण्डाफोर गर्न छायाँ सरकार गठन गर्ने तयारी गरिएको कांग्रेस केन्द्रिय सदस्य अर्जुननरसिह केसीले जानकारी दिए ।

सरकारको नेतृत्व गरेको पार्टी नेकपाका नेताहरुले आफुले टेकेको धरातल र चढेको भरयाङलाई विर्सिएर सुकिला मुकिला तथा ठुला ठेकेदार, उद्योगी ब्यबसायी, नीजी कलेजका मालिकसँग हिमचिम बढाएर उनीहरुको हितमा मात्र काम गरेको पनि कांग्रेसले आरोप लगाएको छ ।

सरकारले समस्याको समाधान गर्नु भन्दा पनि स्थापना भएका संवैधानिक निकाय सर्वोच्च अदालत लगाएतलाई ध्वस्त पार्ने र आफनो अधिनायकवादी लक्ष्यलाई पुरा गर्ने वाटोमा अग्रसर भएको दावी गदै यसका विरुद्ध आन्दोलन गरिने पनि जनाएको छ ।

विगतमा नेपाली कांग्रेसले सरकारको नेतुत्व गरेका वेला तत्कालिन नेकपा एमालेले पनि छायाँ सरकारको गठन गरेको थियो । छायाँ सरकारको प्रचलन संसदीय ब्यावस्थाको जननी मानिने बेलायतवाट शुरु भएको हो । संसदीय ब्यावस्थामा छायाँ सरकारलाई बैकल्पीक सरकारका रुपमा लीने गरिन्छ ।