कांग्रेस नेताको मृत्यु, कोरोनासँग मिल्दो लक्षण, परिक्षण हुँदै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कांग्रेस नेताको मृत्यु, कोरोनासँग मिल्दो लक्षण, परिक्षण हुँदै



जनकपुरधाम- धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता रहेको बताइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको हो ।

यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय कांग्रेसका नेताको पनि श्वास प्रश्वासमा समस्या देखिएपछि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उनिहरु दुवैको स्वाब संकलन गर्ने काम भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।