कांग्रेस नेता गिरीले भने गहूँ र धानको फरक नबुझ्नेलाई अर्थमन्त्री बनाईयो - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कांग्रेस नेता गिरीले भने गहूँ र धानको फरक नबुझ्नेलाई अर्थमन्त्री बनाईयो



काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले अर्थमन्त्रीको पदलाई ‘विशेषज्ञ’को पद बनाइएको भन्दै सो प्रवृति गलत भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै नेता गिरीले भने, ‘पीएचडी पढेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहूँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन, आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पाला अर्थमन्त्री भए ।’

नेता गिरीले अमेरिका वा जर्मनीमा पढेका व्यक्तिलाई अर्थमन्त्री बनाउने गरिएको भन्दै उक्त प्रवृतिका कारण देशको विकास नभएको पनि बताए ।

‘तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित बृद्धिदरको अंग्रेजीमा प्रवेश ग¥यौं, जेसुकै भन्नुहोस् सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशाम लैजानु परेको छ,’ नेता गिरीले भने, ‘वर्तमान दिशामा प्रश्न चिन्ह खडा गर्नुपरेको छ ।’