हिन्दु राष्ट्र पुनःस्थापना मञ्चको अन्तराष्ट्रिय महासचिवमा कांग्रेस नेता न्यौपाने - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

हिन्दु राष्ट्र पुनःस्थापना मञ्चको अन्तराष्ट्रिय महासचिवमा कांग्रेस नेता न्यौपाने



नयाँ दिल्ली /बैशाख ५ 

भारतामा बसोबास गर्ने ओमकार परिवार द्वारा ई .विष्णुप्रसाद बरालको अध्यक्षतामा   स्थापना भएको हिन्दु राष्ट्र पुनःस्थापना मंचले अन्तराष्ट्रिय महासचिव एवम् राजनैतिक सल्लाहाकारको रुपमा नेपाली कांग्रेसका यूवा नेता यज्ञ प्रसाद न्यौपानेलाई चयन गरेको छ ।

न्यौपाने नेपाल फार्मेसी काउन्सिलका निवर्तमान अध्यक्ष समेत हुन्  ।  केहि दिन अगी मात्र हिन्दु राष्ट्र पुनःस्थापना मंचको  भारतको दिल्लीमा  भएको कार्यकारी बैठकद्वारा उहालाई चयन गरेको हो  ।

मंचले विभिन्न समयमा नेपालमा हिन्दु राष्ट्र ल्याउनु पर्छ भन्दै दिल्लीको जन्तर मन्तर देखि उज्जयनमा विभिन्न समयमा धर्ना समेत गरेको थियो  ।९४ प्रतिसत हिन्दु भएको देशमा  हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने उनीहरुको माग हो ।

(तस्बिरमा :दायाँ ई. बिष्णु प्रसाद बराल बायाँ यज्ञ प्रसाद न्यौपाने )