कांग्रेस नेता गगन थापाले उक्साएका कारण डा. गोविन्द केसी अनसन बसेको आरोप(भिडियो) - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कांग्रेस नेता गगन थापाले उक्साएका कारण डा. गोविन्द केसी अनसन बसेको आरोप(भिडियो)



काठमाण्डौ । स्वास्थ्य जनसंख्या तथा वातावरण राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले कांग्रेस नेता गगन थापाले उक्साएका कारण डा. गोविन्द केसी अनसन बसेको आरोप लगाएका छन्

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले अनसन बस्ने सोच नराखेका केसीलाई थापाले उक्साएर अनसन बसाएको दावी गरेका हुन् ।

थापालाई पनि विभिन्न आइएनजिओले उकासेको यादवको आरोप छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा केसीको माग समेटिएको भए पनि थापाले गलत भूमिका खेलेको यादवले बताए ।

थापाले पछिल्लो समय केसीको नाममा राजनीतिक गरेको यादवको भनाई थियो । मन्त्री यादवले केसीको ९९ प्रतिशत माग पूरा भइसकेको दावी पनि गरे ।

कार्यक्रममा नेकपाका नेता वंशिधर मिश्र र नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीको पनि सहभागिता थियो ।

मिश्रले केसीको सतप्रतिशत माग पूरा भएको दावी गरे । तर केसीले भने केसीसँग भएको सम्झौता सरकारले पालना नगरेको आरोप लगाएका छन् ।