कांग्रेसका महासमिति सदस्य मल्लको निधन - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

कांग्रेसका महासमिति सदस्य मल्लको निधन



पोखरा- नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र प्रकाश मल्लको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । हालैमात्र कोरोना संक्रमण भएर पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो ।

स्वर्गीय मल्ल ‘क’ वर्गका प्रतिष्ठित निर्माण व्यवसायी, नेपाली कांग्रेस स्याङ्जाका पूर्व जिल्ला कोषाध्यक्ष तथा समाजसेवी पनि थिए ।

मल्लले दुई पटक जिल्ला विकास समितिको सदस्य, निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य, निर्माण व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष भएर काम गरेका थिए ।

चापाकोट नगरपालिका वाड नं ५ निवासी मल्ल विगत ३५ वर्षदेखि स्याङ्जा सदरमुकाम पुतलीबजारमा बसोवास गर्दै आइरहेका थिए ।

मल्लका तीन छोरा, श्रीमती र एक छोरी छन् । उनका छोराहरु खिमप्रकाश मल्ल राजेश मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष र भागवत प्रकाश मल्ल गण्डकी प्रदेशसभा सदस्य हुन् ।